बागलुङ, २० साउन । लगातारको अविरल वर्षपछि आएको पहिरोमा परेर बागलुङमा पाँच जनाको मृत्यु भएको छ । भने एक बृद्धा बेपत्ता भएकी छन्। निशीखोला २ बाहुन गाउँमा गएको पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको ज्यान गएको हो।
त्यस्तै पहिरोमै परेर ढोरपाटन नगरपालिका–५ मा एक जनाको ज्यान गएको छ। घरमाथिबाट पहिरो खसेर ओमप्रकाश विश्वकर्माको ज्यान गएको हो। त्यस्तै निशीखोला १ हल्दीमा पहिलोमा परेर ७० वर्षीय खगिसर सिञ्जालीको मृत्यु भएको प्रहरीले जनाएको छ।