कञ्चनपुर, २० साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरियो । गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए ।
खोलाको दोभानमा थुनिएका गोठालाले घरमा फोनमार्फत जानकारी दिएपछि वडाध्यक्ष सहितको टोली उद्धारका लागि पुगेको थियो । रासस