इन्द्रेणी संवाददाता
काठमाडौ, २९ जेठ
नेपाल प्रहरीले हिरासतभित्रका थुनुवा र ड्युटीमा खटिने प्रहरीको निगरानी गर्न देशभर सीसी टिभी क्यामरा जडान गर्ने भएको छ ।
अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले देशभरका हिरासत कक्षमा सीसी टिभी क्यामरा मार्फत् निगरानी गर्ने गरि व्यवस्था मिलाइने बताउनुभयो ।
सीसी टिभी क्यामरा जडान भएपछि थुनुवालाई सुरक्षित बनाउने र घटनाको सत्य तथ्य पत्ता लाग्ने प्रहरीको विश्वास छ । कतिपय प्रहरी कार्यालयहरुमा सीसी टिभीबाट निगरानी सुरु गरी सकिएको छ ।।