चितवन, २० साउन । भरतपुर महानगरपालिका १९ नम्बर वडामा आज चुनाव हुँदैछ । चुनावको लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
बुधबार बेलुकीदेखि वडामा प्रवेश गर्ने गाडीलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिँंदैछ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली परिचालन गरिँंदैछ ।
भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ मतदाता छन् ।