इन्द्रेणी संवाददाता
देउखुरी, २९ जेठ ।
देउखुरीमा एक ब्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् ।
नातीनीको भात ख्वाईको दिनमा रावतले आफ्नै घरमा आगो लगाएका हुन् । आगोले घर पूर्ण रुपमा जलेर खरानी भएको छ । आगो लगाउने रावत भागेका छन् । प्रहरीमा खवर गरिएको छ ।
तर, प्रहरी घटनास्थलमा पुगेको छैन् । ईट्टा भट्टामा काम गरेर गुजारा चलाउने रावत परिवारका सात जना विचल्लीमा परेका छन् । घर भित्र रहेका लत्ता, कपडा, भाँडा कुडा सवै जलेको छ ।।