Indrenionline.com

धादिङको जोरीमारामा पहिरो जाँदा जीप पुरियो

धादिङ, १९ साउन । धादिङको बेनिघाट रोराङ १० को जोगिमारास्थित तिङग्राङमा पहिरो गएको छ । बुधबारदेखि परिरहेको वर्षाका कारण बिहिबार बिहान ६ बजेदेखि पहिरो गएको हो ।

पहिरोले एउटा बलेरो जीप पुरिएको छ । पहिरोले पुरेका कारण जीपको नम्बर भने खुल्न सकेको छैन । पुरिएको जीप निकाल्ने प्रयास भइरहेको छ । वरपर बस्ती नभएका कारण मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।