स्याङ्जा, १८ साउन । स्याङ्जामा ६ जना स्वाइन फ्लुका संक्रमित भेटिएका छन् ।
उनीहरुको काठमाडौंमा परिक्षण गर्दा पाँच जनामा नफ्लुएन्जा ‘ए’ एचवनएनवन र एक जनामा इनफ्लुएन्जा ‘बी’ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत यमप्रसाद शर्माले जानकारी दिएका छन् । यसअघि एक जना वालिङका बिरामीको काठमाडौंमा उपचारका क्रममा स्वाइन फ्लुका कारण निधन भइसकेको छ ।