काठमाडौं, १८ साउन । चितवन भरतपुर महानगरपालिकाका मेयरका उम्मेदावर रेणु दाहाललाई सामाजिक सञ्जालमा गाली वेज्ती गरेको आरोपमा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका पुत्र निरव ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। निरवलाई साइबर अपराध अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।