Indrenionline.com

भरतपुर–१९ को मतदान शुक्रबार

चितवन, १८ साउन । मतपत्र च्यातिएपछि रोकिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान यही साउन २० गते शुक्रबार हुने भएको छ ।

भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यालयमा मङ्गलबार अपराह्न भएको सर्वदलीय बैठकपछि मतदान मिति तय गरिएको हो । चुनाव तोकिएपनि प्रचारप्रसार गर्न नपाइने भएको । यसैगरी पुनः मतदान हुने वडा नम्बर १९ का मतपत्र मङ्गलबार आगो लगाएर नष्ट गरिएको छ ।