रुपन्देही, १७ साउन । रुपन्देहीमा एकजनाले आफ्नै बुवाको हत्या गरेका छन् ।
लालले रक्सीले मातेर बुवा सन्तुलाई गएराति कुटपिट गरेर घाइते बनाएका थिए । उनको आज बिहान उपचार गर्दै गर्दा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोरा लाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।