महोत्तरी, १७ साउन । महोत्तरीमा आफ्नै छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरी गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलको खोल्सीमा फालेको अवस्थामा प्रहरीले लाश फेला पारेको थियो ।