हरेक व्यक्तिमा भएको क्षमतालाई उजागर गर्दै जिल्लाको प्रतिभालाई राष्ट्रिय रुपमा रुपान्तरण गर्ने उदेश्यका साथ जिल्लामै पहिलोपटक सिन्धुली आइडल –२०७४ को अडिसन सिन्धुलीको रातमाटा ६ मा शुरु भएको छ। प्रिन्स राज को निर्देशनमा सञ्चालन भएको सिन्धुली आईडल (२०७४ को उद्घाटन तथा अडिसन जेठ १० गते शुरु गरिएको थियो। नृत्य र गायन विधामा आफुमा भएको क्षमता प्रस्फोटन गर्नका लागि सुनौलो अवसरका रुपमा लिइएको सिन्धुली आईडलमा करिब १५० जना प्रतियोगिले भाग लिएका थिए। जिल्लाका स्थानिय सानो ठुलो सबै उमेर समुहका प्रतियोगिले भाग लिन पाउने आईडलमा नृत्य र गायनमा वरावरि जस्तै प्रतियोगी रहेको प्रिन्सराजले वताए । सिन्धुली आईडलमा प्रतिस्पर्धीहरुको छनौट उत्कृष्ट ५० हुदै भोटिङ्ग र प्रदर्शनको आधारमा उत्कृष्ट २५ वाट २० हुँदै , २० बाट १५ हुँदै अहिले उत्कृष्ट १० प्रतिस्पर्धीको छनौट भएको छ ।
सिन्धुली आईडल २०७४ को मुख्य प्रायोजक सिद्घस्थली ईङ्गलिस वोर्डिङ्ग स्कुल, शिद्धवावा ईङ्गलिस वोर्डिङ्ग स्कुल, समाजसेवी सम्झना अधिकारी र एबिल ब्अबमझथ रहेका छन् । त्यस्तै, कार्यक्रम सन्चालन हुनुमा बिशेष सहयोग ःक्ख् भ्ख्भ्ल्त्क्, द्यब्ए ब्ल्न्भ्ीक् र ऋज्ब्ल् न्यबकि को रहेको छ। बिशेष सहयोगी हातहरु सरोज वि।क, गायक ब्रिजेश श्रेष्ठ , मनिष कार्की , बिशाल बिक्रम त्जबउब , सुमन कार्की ९ब्गकतचबष्बि०, सुमन भण्डारी ९म्गदबष्०, र बिनायक होटल को रहेको छ । कार्यक्रममा प्रतिस्पर्धीहरुको डान्स कोरियोग्राफी अजय माझी र सन्तोस नेपालीले गरिरहनु भएको छ। कोरियोग्राफरहरुको कोरियोग्राफी अत्यन्त अब्बल रहेको जानकारी प्रिन्स राजले दिनु भयो ।
कार्यक्रममा हरेक हफ्ता नेपालका चर्चित कलाकारहरुको उपस्थिति रहदै आएको छ। जस्तै गाएक सपन श्रेष्ठ तथा हट्टि नट्टि अनुप जस्ले विजेतालाई रु १० हजार नगद उपहार दिने वचन दिएका छन्। गत श्रावण १० गते नायिका सुष्मा कार्की तथा महान समाजसेवी श्री उज्ज्वल विक्रम थापाको उपस्थिति रहेको थियो। माननिय श्री उज्ज्वल जी ले हरेक विजेतालाई प्रोत्साहन कदर सरह विजेतालाई रु २५(२५ हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ। सिन्धुली आइडलको फाईनल यही भाद्र ३ गते, शनिवार हुन गैरहेको छ। स्थानिय प्रतिभा संस्कृतिको रक्षा, संवद्र्धन, जगेर्नाका साथै सवाङ्गीर्ण विकास गर्ने उद्देश्यले आयोजना गरेको सिन्धुली आइडल –२०७४ को सफलताको लागि सिन्धुद्रवासी तथा सबैले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्नु भएको जानकारी आयोजकले जनाएको छ ।