महोत्तरी, १६ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा मधेस केन्द्रीत दलसँग तालमेल गरेर चुनाव लड्ने बताएका छन् ।
संविधान संशोधन नभएसम्म देशमा राजनीतिक संक्रमणकालको अन्त्य नहुने जिकिर गर्दै उनले भने, ‘राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ । राजपासहितको चुनाव गराउनमा हामी लागिपरेका छौं । राजपा चुनावमा आयो भने एमालेविना पनि संविधान संसोधनका लागि दुई तिहाई पुग्छ । हामी संविधान संसोधन र चुनावमा केन्द्रीत छ ।’