काठमाडौं, १५ साउन । राजधानीसहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । एच वान् एन वान् भाइरसबाट हुने यसको संक्रमण जुन महिनाको अन्तिमदेखि देखिन थालेको हो ।
सामान्यत ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा अफ्ठेरो हुने, वान्ता हुने जस्ता लक्षणहरु यसका लक्षणहरु हुन् । यस्ता लक्षण देखिनासाथ स्वास्थ्य परिक्षण गराउन डा। पुनले सल्लाह दिएका छन् ।
स्वाइन फ्लु सरुवा रोग भएकाले कुनै पनि व्यक्ति सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछिउँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुराको सेवन बढी मात्रामा गर्ने लगायतका सचेतता अपनाउन आग्रह गरिएको छ । स्वाइन फ्लुबाट हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।