केशरमान बिसी
नेपाली साहित्य आकासको बिराट फाँटमा चम्किने असंख्य ताराहरु छन् ती मध्ये सबै ध्रुव तारा नै बन्न सक्छन् भन्ने छैन । कसैको पनि साहित्य यात्रा सोचेजस्तो सहज हुँदैन । अनि साहित्य सृजना त्यति सजिलो पनि हुदैन । ता कि, जो कोहि साहित्यमा सगरमाथा चढ्न सकोस । साहित्यमा अक्षर मात्र थुपारेर हुँदैन यसले त एक वाक्यमा मानव जीवन बोकेको हुनुपर्दछ।समाज अङगालेको हुनुपर्छ ।त्यसैले भनिन्छ साहित्य सृजना गर्नुभन्दा सजिलो फलामका चिउरा चपाउनु छ ।
खुकुरीको छरछराउदो धारमा हिड्नु छ । साहित्य सृजना गर्न त ठुलो त्याग तपस्या र मेहनेत चाहिन्छ।अध्ययन र चिन्तन चाहिन्छ। यस्तै त्याग तपस्या र मेहनेताकी प्रतिमुर्ती हुन् साहित्यकार तारा पराजुली ।
छिमेकी खोलाका छालहरु बगेसरी उनका रहर र सपना पनि अग्लिंदै गए।समय बितेको पत्तै नपाई भोजपुरकी चेली तारा अहिले देशकै सतिसाल भइसकेकी छिन् । स्कुले जीवनमा पढाइमा मध्यम प्रतिभाना अब्बल तारा बिद्यालय स्तरिय विभिन्न कार्यक्रममा सधै प्रथम दितिय भएर झोलाभरी पुरस्कार लिएर घरमा आँउथिन । आफ्नो घर आँगनबाटै देखिने अटल मकालु हिमालले ताराको कोमल मन झनै नौनी चुलबुल हुन्थ्यो र कविता कोर्थिन कलिला हातहरुले । नागबेली आकारमा बग्ने मनमोहक अरुण नदीले उनको मुटु चोर्थ्यो र उनि कविता कोर्थिन । घर वरपर देखिने चुरे पहाड रुपी ऐनामा शब्द देख्थिन र उनि कबिता लेख्थिन ।त्यही पहाडी प्रकृति उनको जीवनमा नमेटिने जीवनको ग्यालरी बनेर सेभ भयो।मन हर्ने पहाड हरियाली गाउँ मनकारी छिमेकीहरु यिनै कविताका स्रोत बने ताराका। बिगतको सम्झना गर्दा हर्षका आँसु गहभरि लिएर तारा भन्छिन – मैले १२ कक्षा पढ्दा एकैदिन १७ वटा पुरस्कार र स्कललरसिप पाएको पैसा लिएर घर आउँदा मेरी आमा कम्ति खुसि हुनुभएन।मैले पहिलो पटक खुशीले आमा बेस्सरी रुनुभएको देखें अनि।थाहा भयो,आमाबुबालाई खुशी बनाउन सन्तानले असल काम गर्नु पर्ने रहेछ।अनि मैले बाआमालाई खुसि बनाउन अझै प्रगति गर्नुपर्छ भन्ने अठोट लिएं। तारा थप्छिन।
आफ्नो शैशवकाल भोजपुरको न्यानो काखमा बिताएर किशोर अबस्था मोरङ झरेकी ताराको साहित्य यात्रा सहर छिरेपछि झनै झांगियो । कलेजको राजनीतिलाई उठाउन सहयोग गरिन् । पढाईका अतिरिक्त सङ्घ संस्थामा आवद्ध भएर काम गर्न थालिन् ।उनले बिभिन्न प्रकारका कविता प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्न थालिन । आफ्नो प्रगतिमा खुसि हुदै तारा भन्छिन । पुर्वान्चल स्तरिय कबिता प्रतियोगितामा प्रथम पुरस्कार , कोशी अन्चल स्तरिय कबितामा प्रतियोगितामा प्रथम पुरस्कार, कवि कृष्ण भुषण बल संस्थापक रहेको बाणी प्रकासनबाट भारि सम्मान , संस्कृती तथा पर्यटन मन्त्रालय ले आयोजना गरेको कबिता प्रतियोगीतामा प्रथम पुरष्कार , भारतीय साहित्यिक संस्थाबाट प्रगतिशिल साहित्यमा योगदान गरेबापत प्रेमचन्द अवार्ड लगाएतका झन्डै २ दर्जन बढि पुरष्कार र सम्मान उनका अमुल्य सम्पत्ती हुन् ।
त्रिवि बाट स्नातकोत्तर गरेकी ताराको राजनीतिक र साहित्य क्षेत्रबाट चरमचुलीमा पुग्नु जीवनको अभिष्ट हो । लक्ष्मी र सरस्वती दुबैले साथ दिएकी नेपाली साहित्य र राजनीतिक क्षेत्रमा चर्चित युवा नेत्री तारा को आगामी यात्रा सफल बनोस शुभकामना ।