इन्द्रेणी संवाददाता
काठमाडौं १४ , साउन । संघीय समाजवादी फोरम नेपालले अब नयाँ शक्ति नेपाल लाई चुनाव चिन्ह नदिने भएको छ । केहि समय अघि दुवै पार्टीका एजेण्डा मिलेका भन्दै पार्टी एकीकरण प्रक्रियामा नजिकिएका २ पार्टी बीच समझदारी भएको भएपनि एकिकरणको कुरा नमिलेपछि फोरमले चुनाव चिन्ह नदिने भएको हो ।
समाजवादी फोरमको केन्द्रीय समिति बैठकले स्थानीय तह चुनावमा नयाँ शक्ति संग तालमेल गर्दा ठाउँ ठाउँमा आफ्नो पार्टी पराजित हुनुपरेको निष्कर्षमा निकाल्दै अब उपरान्त नयाँ शक्ति पार्टीलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने भएको छ । बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाएका थिए ।
