सर्वोच्च अदालतले सार्वजनिक पदमा बस्न अयोग्य ठहर गरेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले राजीनामा दिएका छन् ।
३ पटक पाकिस्तानको प्रधानमन्त्री बनेका शरिफमाथि विदेशी बैंकहरुमा अकुत पैसा जम्मा गरेको र लण्डनमा सम्पत्ति जोडेकोमा अदालतले दोषि ठहर गरेको थियो। तर नवाज सरिफले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका थिए ।