धादिङ, १३ साउन । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ ।
धादिङबेसीबाट घटनास्थलको दूरी ३५ किमी रहेको र कच्ची बाटो भएकाले वर्षाका कारण अहिले सिधै गाडी चल्न नसकी सल्यानटारको बाटोबाट रिम्नेसम्म फोरह्विल भएको सानो गाडीमा गई त्यहाँबाट तीनघण्टा पैदल हिँड्नु पर्ने हुन्छ । रासस