रुकुम, १२ साउन । रुकुम जिल्ला समन्वय समितिले गएको आर्थिक वर्ष २०७३/०७४ मा ९५ प्रतिशत रकम खर्च गरेको बताएको छ । समन्वय समितिमा प्राप्त भएको जम्मा ८४ करोड ४२ लाख ९९ हजार मध्ये ८० करोड ७९ लाख ६१ हजार खर्च गर्न सफल भएको बताएको छ ।
जिल्लामा सञ्चालन भएका ठूला आठ सडक आयोजनाको काम अपेक्षा अनुसारको हुन नसकेको कारण पनि बढी रकम फ्रिज भएको जिल्ला समन्वय समितिको भनाइ छ ।