घोराही ११ साउन । प्रेस चौतारी नेपालको प्रदेश नम्वर ५ को बिस्तारित वैठकको तयारी व्यापक बनाइएको छ । आशन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई लिएर यही साउन १२ गते घोराहीको भिङ्ग्रेली भिलेजमा हुन लागि रहेको कार्यक्रममा पाँच नम्वर प्रदेशका सबै जिल्लाका र केन्द्रबाट समेत गरी दुईसयको हाराहारीमा पत्रकार एवं नेताहरु आउन लागि रहेको प्रेस चौतारीले जनाएको छ ।
साउन १० गते पोखराबाट सुरु भएको बिस्तारीत वैठक सातै प्रदेशमा गरिने प्रेस चौतारीले जनाएको छ । सातै प्रदेशको अवस्था बुझेपछि सचिवालय र केन्द्रीय कमिटीको वैठक पनि यही महिनामा गर्ने तयारी चौतारीले गरेको छ । त्यसपछि भाद्र २ गते काठमाडौंमा केन्द्रीय भेला गर्ने योजना रहेको प्रेस चौतारी नेपाल प्रदेश नम्वर ५ का संयोजक सविन प्रियासनले जानकारी दिनुभयो ।
वैठक अगाडी उद्घाटन कार्यक्रम हुने भएकाले कार्यक्रममा उपस्थितिका लागि चौतारीले सबैमा अनुरोध गरेको छ । चौतारीका प्रदेश नम्वर ५ का संयोजक सविन प्रियासन र जिल्ला अध्यक्ष टीका बस्नेतले विज्ञप्ति जारी गरी कार्यक्रममा एमाले नेता, कार्यकर्ता, सम्पूर्ण पत्रकारहरु, नागरिक समाज, उद्योगी, व्यवसायी, शुभेच्छुक सर्बैलाई उपस्थितिका लागि अनुरोध गर्नु भएको छ ।
सो अबसरमा एमालेबाट दाङमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा निर्वाचित प्रमुख उपप्रुमख, वडा अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।