Indrenionline.com

व्यावसायिक फोटो पत्रकारिता तालिम सुरु

भक्तपुर, १० साउन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले भक्तपुरका फोटोपत्रकार तथा विभिन्न संचार माध्ययममा कार्यरत संचारकर्मीहरुका लागि पाँचदिने व्यबसायीक फोटो पत्रकारिता तालिम संचालन गरेको छ ।
भक्तपुरका संचारकर्मीहरुलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उदेश्यले आयोजना गरिएको तालिमको आज एनएफपिजेका केन्द्रीय अध्यक्ष धु्रब आलेले उद्घाटन गर्नुभयो ।
NFPJ Bhaktapur Photo Journalist Training (24)

उहाँले राजधानीमा मात्रै नभई जिल्लाहरुमा पनि फोटो पत्रकारको महत्व रहने भएकाले जिल्लाका पत्रकारलाई यसप्रकारको तालिमले अब्बल बनाउन मद्धत पुग्ने बताउनुभयो ।
अध्यक्ष आलेले भन्नुभयो–“राजधानीका फोटो पत्रकारहरुको अहंमलाई जिल्लाका पत्रकारले तोड्नु पर्छ, जिल्लाका पत्रकारले पनि राजधानीका फोटो पत्रकार भन्दा राम्रा तस्विर खिच्न सक्छन् भन्ने देखाउनु पर्छ ।”

फोटो पत्रकारले कहिल्य पनि बेरोजगार बस्नु नपर्ने र फोटो पत्रकारिताको प्रशिक्षक समेत अभाव रहेको अबस्थामा तालिम प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले फेसबुके फोटो पत्रकारितालाई चिर्दै सभ्य दृष्टिकोणले फोटो पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा बंगलादेशबाट आएका क्याननका बजार ब्यबस्थापक सुनिल त्रिवेदीले क्यामरा बोक्दैमा पत्रकार बन्न नसक्ने बताउँदै अटोमा राखेर फोटो खिच्ने फोटो पत्रकार बन्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा १५ वर्षदेखि फोटो पत्रकारितामा प्रशिक्षक दिदै आएका प्रशिक्षक मधुसुदन थापाले देश र भविश्यलाई बनाउन पूर्ण रुपमा फोटो पत्रकार हुनु पर्नेमा जोड दिदै अटोमा राखेर फोटो खिच्ने व्यक्ति पूर्ण फोटो पत्रकार हुन नसकक्ने बताउनुभयो । एफएनपिजे भक्तपुर अध्यक्ष रत्नकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा २० जना प्रशिक्षार्थको सहभागिता रहेको छ ।