प्यूठान, १० साउन । प्यूठानमा अघिल्लो आवको तुलनामा गत आवमा जिल्लामा ४ गुणा बढी बजेट फ्रिज भएको छ । आव २०७३/७४ मा जिल्लाको सवा १ अर्ब बजेट फ्रिज भएको हो ।
जिल्लामा पछिल्लो १ वर्षमा विभिन्न सरकारी कार्यालय तथा परियोजनाहरूमार्फत पूँजीगततर्फ ३ अर्ब ६९ करोड ३० लाख ८३ हजार र चालूतर्फ २ अर्ब १ करोड २४ हजार बजेट आएको थियो ।