जुम्ला, १० साउन । एक महिनादेखि नेपाल वायु सेवा निगमको हवाईजहाज जुम्ला नआउँदा एक हजार २४ रजिस्टर गरिएका चिठ्ठी जुम्ला हुलाक कार्यालयमै थन्किएका छन् ।
हुलाक विभागमा बारम्बार निगमको जहाजको विकल्प खोज्न अनुरोध गरेपनि सञ्चार मन्त्रालयबाट सुनुवाइ भएको अवस्था छैन ।