काठमाडौं, ९ साउन । तत्कालिन एकीकृत नेकपा माओवादीबाट सम्बन्ध विच्छेद गरेर डा. बाबुराम भटराईले आफ्नै नेतृत्वमा नयाँ सक्ति नेपाल नामको पार्टी खोले । नयाँ पार्टीको नेतृत्व गर्दै भटराई देशव्यापी अभियान पनि सञ्चालन गरे ।
आज पार्टी एकीकरणको प्रयास पनि भयो तर सफल भएन । एकताको अन्तिम चरणमा आएर भाँडिएको छ । पार्टी एकताको प्रकृया भाँडिएपछि तत्कालका लागि नयाँ सक्ति र संघीय समाजवादीबीच पार्टी एकताको दुरी टाढिएको छ । एकीकृत पार्टीको नाम, झाण्डा, चुनाव चिन्ह, विधानलगायतको विषयमा टुंगो लगाएपनि अध्यक्ष तथा संयोजकको कार्यविभाजनमा कुरा नमिलेपछि एकीकरण प्रकृया भाँडिएको नेताहरुले बताएका छन् ।
के थियो सहमति ?
मुलुकमा विभेदको अन्त्य गर्ने, समतामूलक समृद्धिका लागि समाजवाद निर्माण गर्ने तथा उत्पीडित राष्ट्रियताका लागि संघीयता निर्माण गर्नुका साथै संघीय समाजवाद पार्टीको माग दर्शन हुने दुई दलबीच सहमति भएको थियो भने यी माग दर्शनलाई पूरा गर्नका लागि पाँच आधार पनि तय गरिएको थियो । स्वाधीनता, सुशासन, समतामुलक समृद्धि, संघीयता र पहिचान तथा सम्मुनत समाजवाद गरि पाँच आधार तय गरेको थियो ।
पार्टीका तीन नाम प्रस्ताव
दुबै पार्टीको सिद्धान्त, विचार नाम, झण्डालगायतको विषयमा कतै विवाद छैन । पार्टीका लागि तीनवटा नाम आएको छ । नयाँ संघीय फोरम, नयाँ समाजवादी फोरम र संघीय नयाँ शक्ति फोरम नेपाल गरी तीन नाम रहेको छ । जसमध्ये संघीय नयाँ शक्ति फोरम नेपाल हुने लगभग तय नै भएको फोरम नेपालका एक नेताले बताए । सामूहिक नेतृत्वमा पार्टी चलाउने र त्यसका लागि उपेन्द्र यादव अध्यक्ष र बाबुराम भट्टराई संयोजक रहने पनि तय भएको थियो ।