काठमाडौं, ८ साउन । डा.बाबुराम भटटराई नेतृत्वको नयाँ सक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण हुने चर्चा चलेको लामै समय भयो । तर त्यसको टुङगो आजमात्रै लाग्ने बताइएको छ । दुई पार्टी एकताको वार्ता आज आइतवार साँझसम्म टुङगोमा पुग्ने नेताहरुले बताएका छन् ।
नयाँ शक्ति र फोरमले दुई पार्टीबीचको एकताका लागि दुवै पार्टीबाट वार्ता समिति बनाएको छ । सङ्घीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिका तर्फबाट देवेन्द्रको पौडेल वार्ता समितिको संयोजक रहेका छन् ।