इन्द्रेणी संवाददाता
घोराही,२४ जेठ । अघिल्लो बर्षको तुलनामा यस आर्थिक वर्षमा वनपैदार तथा वन्यजन्तु चोरी सिकारीका घट्नाहरु दाङमा बढेका छन । जिल्ला वन कार्यालयका अनुसार अघि आर्थिक वर्ष २०७१/०७२ मा भन्दा यस आर्थिक वर्ष २०७२ / ०७३ मा वनजन्य घट्नाहरुमा चोरी बढेको जिल्ला वन कार्यालय दाङले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा २० वटा मात्र भएको चोरीका घट्नाहरु यस आर्थिक वर्षको बैशाख महिनासम्म २४ वटा पुगेको जिल्ला वन कार्यालयका शाखा अधिकृत खड्गबहादुर घर्तिलेजानकारी दिनुभएको छ । यस आर्थिक वर्षमा दर्ता भएका नयाँ २४ वटा मुद्धाहरु सहित जिल्ला वन कार्यालय दाङमा नयाँ पुराना वनपैदवार तथा वन्यजन्तु सम्वन्धी मुद्धाहरु एक सय ६ वटा रहेको जिल्ला वन कार्यालयले जनाएको छ ।
त्यस्तै कार्यालयमा अझै ७८ वटा मुद्धाहरु फैसल्ला हुन सकेका छैनन् । घट्नामा सम्वन्धीत अभियुक्तहरु फरार हुनका साथै घट्नाका सम्वन्धमा अनुसन्धान पुरा नहुदा मुद्धा फैसल्लामा ढिलाई हुने गरेको कार्यालयले जनाएको छ । यस आर्थिक वर्षमा वनपैदवार तथा बन्यजन्तु चोरी सिकारी मुद्धाहरुमा सम्लग्न दुई सय ५३ जना अभियुक्त मध्ये दुई सय जना तारेका छुटेका छन भने अझै ५३ जना अभियुक्तहरु फरार रहेको वन कार्यालयका शाखा अधिकृत घर्तिले जानकारी दिनुभएको छ । पक्राउ परेका अभियुक्तहरुलाई कार्यालयले धरौटीमा रिहाई गर्दै आएको छ । गत वर्ष आर्थिक वर्षमा दुई सय १७ अभियुक्त मध्य एक सय छ जना फरार रहेका छन । बाँकी धरौटीमा छुटेका छन भने एक जनालाई जेल चलान गरिएको कार्यालयले जनाएको छ । वनपैदवारका रुपमा रहेका काठजन्य वस्तुका साथै ढुङ्गा,गिट््टी र बालुवा चोरीमा समलग्न १८ वटा टेक्टर,एक वटा मोटर साईकाल,पावरटेल टेक्टरका साथै काठकाट्न तथा चिराउनका लागि प्रयोग गरिने विभिन्न औजारहरु समेत चोरीका क्रममा प्रकाउ गरेको वन कार्यालयले जानकारी दिएको छ । पक्राउका क्रममा सात सय १५.४२ मेट्रिक टन काठका साथै चार हजार चार सय ८१.५० घनमिटर ढुङ्गा जन्य पदार्थ समेत प्रक्राउ गरिएको शाखा अधिकृत घर्तिले जानकारी दिनुभएको छ ।