पूर्वराजा ज्ञानेन्द्र र कमल थापासहित एक दर्जनबिरुद्ध उजुरी
२०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा ज्यान गुमाएका बावुराम लामाकी छोरी संगीतासहित चौध जना पीडितहरुले बिहीबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा घटनाको दोषीलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् ।
बिहिबार दोरम्बा हत्याकण्डका पिडीतहरुले तत्कालिन राजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री सुर्य बहादुर थापा, गृहमन्त्री कमल थापा, गृह–सचिव अनन्तराज शर्मा पाण्डे, सेनापती प्यारजंग थापा, आईजिपी श्यामभक्त थापा, रामेछापका तत्कालिन सिडीओ चुडामणी बस्याल, डिएसपी रामप्रसाद श्रेष्ठ, श्रम तथा यातायात राज्य मन्त्री कमल चौलागाईं, मेजर राममणि पोखरेल, रामेछाप जिल्ला सभापती धु्रव लामा र उप–सभापति रमेश बस्नेतविरुद्ध किटानी जाहेरी दिएका हुन् ।