Indrenionline.com

संविधान पुर्नलेखन असम्भव, संविधान संसोधनबाटै माग पुरा गर्न सरकार तयार – मन्त्री ढकाल

इन्द्रेणी संवाददाता 

दाङ,  २७ जेठ ।  शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकालले संविधानको पुर्नलेखन अव सम्भव नभएको बताउनुभएको छ । शान्ति तथापुर्ननिर्माण मन्त्रालयले आज दाङको घोराहीमा बृहतशान्ति सम्झौताभएको दशबर्षको समीक्षा तथा आगामी योजनाका बिषयमा गरेको कार्यक्रममा बोल्दै उहाले नयाँ संविधानप्रति असन्तुष्टहरुका मागलाई संविधान संसोधनमार्फत पुरा गर्न सरकार तयार रहेको र संविधानको पुर्नलेखन अव सम्भव नभएको बताउनुभयो ।

संविधान लेख्ने निकाय संविधानसभा ब्यवस्थापिका संसदमा रुपान्तरण भएको अवस्थामा संविधानको पुर्नलेखन सम्भव नहुने उहाँको भनाई छ । संविधानप्रति असहमतहुनेहरुका माग बार्ता र छलफलबाट सम्वोधनकागर्न सरकार तयार रहेको मन्त्रि ढकालको भनाई छ । संविधानको कार्यान्वयहुदै जाद असन्तुष्टीहरु पनि हराउदै जाने उहाँको दावी छ ।

संविधानको कार्यान्वयन, पुर्ननिर्माण र आर्थिक सामाजिक बिकास सरकारको मुख्यकार्यभार भएको भन्दै उहाले त्यसकालागि सरकार गम्भिर रहेको बताउनुभयो । नेपालको शान्ति सम्झौता नेपालीआफैले नेतृत्व गरेर पुरा गरेको मौलिक र उत्कृष्ट दस्तावेज नेपालको सम्पत्तिका रुपमा रहेको भन्दै मन्त्रि ढकालले यसकाबाँकीकाम सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका प्रतिवेदन कार्यान्वय पछि हुने बताउनुभयो ।

दुवै आयोगले दिने प्रतिवेदनको आधारमा पिडकलाई कारवाही र पिडितलाई न्यायदिन सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ । आयोगहरु निष्पक्ष, स्वतन्त्र, तटस्थ र पारदर्शी भएको भन्दै उहाले आयोगका कामप्रति शंका नगरी सहयोगका लागि आग्रह गर्नुभयो ।।