भक्तपुर – खाल्डाखुल्डी खनेर त्यत्तिकै छाडिदिँदा पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक धरापमा परेको खबर आजको कान्तिपुरलाई उद्दृत गर्दै रातोपाटीमा खबर छ ।
चाँगुनारायण नगरपालिका ७ वागेश्वरीका केशवप्रसाद अधिकारीले भने, ‘ठेकेदारले सडक अलपत्र छाडिदिँदा दुर्घटनाको जोखिम बढेको छ ।’ घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने हुँदा समस्या परेको उनको गुनासो छ ।