Indrenionline.com

राप्ती समाज जापानको पहिलो अधिबेसन हुने

इन्द्रेणी संवाददाता
टोकियो ३ साउन । नेपालको राप्तीबाट जापान आएर विभिन्न पेसा र ब्याबसायमा संलग्न राप्तीबासीले जापानमा राप्ती समाज गठन गर्न लागेका छन् ।
20229891_764175857077500_9184455499744292160_o

जन्मभुमी छाडेर प्रवास पुगेपछि आइपर्ने विभिन्न समस्याको मिलेर सामना गर्ने र जन्मभुमी कहिले काँही आइपर्ने प्राकृतिक बिपत्तीमा सहयोग पुर्याउने पबित्र लक्ष्य राखेर राप्ती समाज जापान गठन गर्न लागेको राप्ती बासि शरद पोख्रेलले बताए ।

यही जुलाई २३ तारिख आइतबारका दिन टोकियो को इकेबुकुरोमा हुने अधिबेसनले जापानमा विभिन्न पेसा र ब्याबसाय गरेर बस्ने राप्तीबासीहरू एकताबद्ध भएर राप्तीबासी र सिंगो राष्ट्रहितका लागि अग्रसर नेतृत्व चयन गर्नेछ । राप्ती समाज जापानको तदर्थ समिति २०१३ मा गठन भएपनि यस अघि अधिबेसन भएको थिएन ।