काठमाडौं, ३ साउन । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह गरेका छन्।
उक्त मन्त्रालयका अनुसार राजदूत पेटर्सेनले नर्वेले नेपालमा ऊर्जा क्षेत्रमा लगानी बढाउन चाहेको बताउँदै यहाँको आर्थिक, सामाजिक र प्रजातान्त्रिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रासस