Indrenionline.com

मलेसियामा एक नेपाली मृत्यु

मलेसिया, ३ साउन । चार बर्ष अगाडी रोजगारीको सिलसिलामा मलेसिया पुगेका प्रदिप गुरुङको निधन भएको छ । संखुवासभाको खाँदाबारी गाउँपालिका बेडिटार–९का गुरुङको आफनै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

मलेसियाको मलक्कामा रहेको डोमिनेट कम्पनीमा विगत ४ महिनादेखि कामगर्दै आएका गुरुङ शुक्रबार साँझ खान खाएर सुतेका थिए तर विहान काममा जाने समयसम्म पनि नउठेपछि साथीहरुले उठाउन जाँदा मृत अवस्थामा भेटिएका थिए ।

सब पोस्ट माटम को लागि मलक्का हस्पिटल मा राखिएको बिजय राईले जानकारी दिएका छन्।उनको शब नेपाल पठाउन लागि कम्पनीले तयारी गरिरहेको छ।