Indrenionline.com

६ वर्षिया बालिकामाथि बलात्कार

दोलखा, ३ साउन । दोलखामा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ८४ वर्षिया वृद्ध पक्राउ परेका छन् ।

पीडित बालिकाकी बुबाले शुक्रबार जिल्ला प्रहरी कार्यलय दोलखामा दिएको किटानी जाहेरीका आधारमा दोलखाको भिमेश्वर नगरपालिकाका ८४ वर्षे वृद्धलाई पक्राउ गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

वृद्धले आँप दिन्छु भन्दै आफू सुत्ने गरेको कुटीमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ । पक्राउ परेका वृद्धमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको दोलखा प्रहरीले जनाएको छ ।