१ साउन । दक्षिणी अफगानिस्तानको लासकारघा सहरमा भएको कारबम हमलामा परी १६ जनाको ज्यान गएको समाचार छ। सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको थियो।
तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ। यस आक्रमणमा १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका र ती सबै सर्वसाधारण रहेका अफगान सरकारका प्रवक्ता आमार जवाकले बताएका छन्।
यस आक्रमण रक्तपातपूर्ण रहेको उनको भनाइ छ। प्रवक्ता अमारले मृतकको सङ्ख्या बढ्न सक्ने जानकारी दिएका छन्। उक्त कार्यालय सुपथ मूल्यसम्बन्धी सेवा दिने कार्यालय हो। रासस