काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ग्राहक पहिचानको व्यवस्थामा थप कडाइ गरेको छ । अरूको खातामा निक्षेप संकलन गरी दिँदा पनि निक्षेपकर्ताको विवरण लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
नेपाल राष्ट्र बैंकले उच्च पदस्त अधिकारीले खाता खोल्दा वा कारोबार गर्दा पहिचान हुने गरी संयन्त्र बनाउन भनेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्न यो आर्थिक वर्षदेखि उच्च अधिकारीको बैंक खाता र कारोबार निगरानीमा राख्न भनेको हो ।