Indrenionline.com

मदिराले निम्त्याएको समस्या

सिराहा, २७ जेठ
सिराहामा घरमै मदिरा बिक्री गर्ने एक वृद्धा ग्राहकबाटै बिहान बलात्कृत भएकी छन् ।rape सिरहा नपा–१४ नवटोली घर भएकी ५५ वर्षीया महिला ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

बलात्कृत महिलाको अत्यधिक रक्तस्राव भएपछि सिरहा सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीलेका अनुसार बलात्कारका आरोपित सिरहा नपा–१७ खैरटोकाका ४२ वर्षीय अकरु पासवानलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

आरोपित पासवान बलात्कृत महिलाको घरमा मदिरा पिउन गएका थिए । म

दिरा पिएपछि मातिएका पासवानले मदिरा बिक्री गर्ने ५५ वर्षीया वृद्धालाई मुख थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलाले पनि मदिरा सेवन गरेकी थिइन् ।।