देउखुरी, २६ जेठ । अपाङ्गतता भएका व्यक्तिहरुका लागि–तीन दिने मैनबत्ती बनाउने तालिम मंगलवार देखि सिसहनियाँ गाविस कार्यालयमा सुरु भएको छ । अपाङग समन्वय समिति सिसहनियाँको आयोजना एव सिसहनियाँ गाविसको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
समितिका अध्यक्ष सुशिला सुवेदीको अध्यक्षतामा भएको तालिमको गाविस सचिव मंगलप्रसाद चौधरीले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सिपमुलक तालिमको माध्यमबाट अपाङगत भएका व्यक्तिहरुको सिप विकास हुने बताएका थिए ।