काठमाडौं, २९ असार । मन्त्रिपरिषद् बैठकले सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
उनी कात्तिक ८ गतेसम्म मुख्य सचिव रहनेछन् । मुख्यसचिव सोमलाल सुवेदी एडीबीको जागिर खानका लागि काजमा गएपछि सरकारले मुख्य सचिवको नियुक्ति गरेको हो ।
यस्तै, विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापानबाट अनुदान लिने निर्णय पनि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।