Indrenionline.com

साठी महिलालाई आधारभुत तालिम

गोविन्द खड्का
घोराही, २७ असार । महिला तथा वालवालिका कार्यालय दाङले साठि जना महिलालाई घोराहीमा आधारभुत तालिम दिएको छ । विभिन्न क्षेत्रवाट आएका महिला समुहका सदस्यहरुलाई उक्त तालिम दिएको हो ।

मानो रोपि मुरी उब्जाउने समय, चुनाव पछिका भोज भतेरहरु चलीरहदाको बाहिरी वातावरण भन्दा सात दिन कोठामा थुनिएको क्षण रमाईलो मानेका थिए । ‘मलाई अतिनै रमाईलो लागेको छ’ लालमटियाका सरस्वता धितालले भन्नुभयो, ‘सानै देखि केहि अबसर पाईन बोल्नै आउदैन्थ्यो ।’ उहालाई जस्तै एकदमै राम्रो लागेको सुनाउनुभयो लिला केसिले, ‘श्रीमान्को चिया गिलास देखि ईष्टमित्रका जुठा भाडा धुन ठिक्क हुने’ केसिले थप्नुभयो, ‘घरमा बसेर के काम छ र ? भनेर उल्टो दम्काउने’ उहाले भिजुयल तथा बृत्तचित्र बाट अधिकारका कुरा थाहपाएको बताउनुभयो ।

अबका दिनमा आफु अन्याएमा नपर्ने त्यसरी हिंसामा परेको देखे सम्वन्धित निकाएमा खबर गर्ने वाचा गर्नुभयो । सहभागिहरुले वालविवाह, घरेलु हिंसा, समुहको बैठक, पदाधिकारीको जिम्मेवारी, महिला अधिकार, वाल अधिकार, प्रजनन स्वाथ्य आदि बारे थाहपाएकाले तालिम राम्रो लागेको बताए । प्रशिक्षक विश्वकर्मालाई भुल्नै नसकिने भन्दै प्रसंसा गरे । गाउ टोलमा आएर अरुलाई पनि सिकाईदिन आग्रह थियो । अगाडि आउदा तिघ्रा काप्नेहरु तालिम पछि बोल्न सक्ने भएको सुनाए । उनिहरुका अनुसार महिला विकासको तालिमले स्थानिय तहको प्रमुख उपप्रमुख हुन सफल भएको खबर साच्चै रहेछ भन्ने सात दिने बसाईले पुष्टि गरेको बताए ।

यसलाई व्यवहारमा लागुगर्न पुरुष सगै संयुक्त छलफल गराउनु पर्ने महिलाहरुको माग थियो । यत्तिकै तालिम सबै महिलाहरुलाई दिनुपर्ने उनिहरु बताउथे । आफ्ले सिकेका खुशिका कुरा साट्न आतर वसन्ता भटाराई, गिता सुवेदी, सुमित्रा वली, हस्ता थापा, ईन्द्रा चौधरी लगाएतले प्रशिक्षकहरु प्रति आभार प्रकट गरे । तालिम समापनको दिन सामा गरी ल्याएका पुष्प गुच्छा तथा माला महिला तथा वालवालिका कार्यालय प्रमुख विश्वमणि जोशिलाई पहिराएर खुशि पोखे । सिप सिक्ने, आयआर्जन गर्ने, वचत गर्ने, पशुपालन, तरकारी खेति लगाएतमा जा“गर चलाउने आत्म निर्भर भएपछि अधिकार सम्पन्न होईन्छ भन्ने मुख्य लागेको बताए ।

उनिहरुलाई महिला तथा वालवालिका कार्यालयका महिला विकास अधिकृत श्रीधर ज्ञावली, मोति कुमारी विश्वकर्मा, महिला विकास निरीक्षक गुप्ता अधिकारी, सहयाक निरीक्षक पार्वता राणा, राप्ती उपक्षेत्रीय अस्पतालका सि अनमि राधा रिजाल लगाएतले ‘समुहका सदस्यहरुका लागि सातदिने आधारभुत तालिम’ मा प्रशिक्षण दिनुभएको थियो । महिला तथा वालवालिका कार्यालयले तालिम आयोजना गरेको थियो ।