असार २७, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को हेडक्वार्टर बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको सामान्य समीक्षा गरेको छ ।
मंगलबार दिउँसो पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको हेडक्वार्टर बैठकले निर्वाचनको सामान्य समीक्षा गरेको हो । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबारे प्राप्त रिपोर्ट, सरकार सञ्चालन र संविधान संशोधन विधेयक लगायतका विषयमा भएको प्रगतिबारे जानकारी गराउनु भएको थियो ।
बैठकले जिल्ला ईन्चार्जहरु समेतको उपस्थितिमा बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकका एजेण्डा पनि तय गरेको छ । पार्टी केन्द्रीय सचिवालयको बैठक श्रावण २ गतेदेखि बस्दैछ ।