दाङ, २६ जेठ । दाङमा पहिलो पटक आयोजना गरिएको राप्ती अञ्चल स्तरिय स्नुकर च्याम्पीयनसिप प्रतियोगीताको उपाधी प्रशान्त भण्डारीले हात पार्नुभएको छ । वुधवार भएको फाईनल खेलमा भण्डारीले उपाधी हात पार्नुभएको हो । प्रतियोगीतामा कमल डाँगी फस्ट रनरअफ र प्रदिप बोहरा सेकेण्ड रनरअफ हुनुभएको छ । दाङ शोसाईटी क्लबको आयोजना एवं घोराही स्नुकर हाउसको सहआयोजनामा भएको प्रतियोगीताका बिजेताहरुलाई क्रमशः २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र एवं द्धितियलाई नगद १५ हजार, मेडल र प्रमाणपत्र र तृतीय हुने खेलाडीहरुलाई नगद १० हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियागीता समापन कार्यक्रमका अवसरमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो । जसमा दंगाली गायक एवं सञ्चारकर्मी देवेन्द्र बस्नेतले गीत प्रस्तुत गर्नुभएको थियो । यस्तै बि फ्रीडम डान्स एकेडेमी नारायणपुरका कलाकारहरु भुपेन्द्र नेपाली, मनोज श्रेष्ठ, गोपाल डाँगी, भुवन चौधरी, उर्मीला केसी लगायतले नृत्य प्रस्तुत गर्नुभएको थियो । यस्तै लेट्स डान्न एकेडेमी घोराहीका कलाकारहरुले नृत्य र द होराईजन ब्याण्ड घोराहीका कलाकारहरुले गीत प्रस्तुत गर्नुभएको थियो ।