माधव बेल्वासे
कपिलवस्तु २७ असार । महिला हरुको माहान पर्व हरितालिका तिज नजिकिदै जादा शिव खनालको नया गित सार्वजनिक भएको छ ।मेरै वदनाम भयो भन्ने गितमा अपार सफलता पछि खनालले तिज गित “चट्ट मायालु“ सार्वजनिक गरेका हुन ।लोक तथा दोहोरि गायक शिब खनाल र गायिका बर्षा लम्साल स्वरमा सजिएको एल्बम ले सफलता पाउने गायक खनालले विश्वास गरेका छन ।
उक्त गितलाइ स्वाभिमान क्रियशनले बजार ब्यवस्थापन गरेको छ भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ । बुटवलको एशियन होटलमा छायांकन गरिएको भिडियो मा सगुन शर्माको श्रीन्गार छ भने बिष्णु भट्टराईकै छायांकन सम्पादन रहेको छ । मिनुज रानाको नृत्य निर्देशन रहेको भिडियो आजै मात्रै युटुबमा सार्बजनिक भएको छ हेरौ सार्बजनिक भिडियो ।
https://www.youtube.com/watch?v=kCcquqjdABs&feature=youtu.be