गोरखा, २७ असार । सिरान्चोक गाउँ पालिका वडा नं। ३ हर्मीमा सुधारिएको बाख्राको खोर निर्माणका लागि १३ लाख आठ सय रुपैयाँ प्रदान गरिएको छ । साविक हर्मी गाविसका कमजोर आर्थिक अवस्था भएका १२६ घर परिवारका लागि सुधारिएको बाख्राको खोर निर्माणका लागि उक्त रकम प्रदान गरिएको हो ।
सिरान्चोक स्थित वडा कार्यलयबाट आइतबार सहयोग रकम हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय र विभिन्न दातृ निकायहरुको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले साविक नौ वटा गाउँ विकास समितिमा भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत खानेपानी, स्वास्थ्य तथा सरसफाई, जीविकोपार्जनका कामहरु गरिरहेको न्यौपानेले जानकारी दिनुभयो ।