असार २६, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले लगायतका जुनसुकै दल र उम्मेदवारले जिते पनि काम माओवादीकै गर्न बाध्य हुने बताउनु भएको छ ।
संघीयता, गणतन्त्र र स्थानीय सरकारको माओवादी एजेण्डाभन्दा बाहिर गएर उनीहरुले काम गर्न मिल्दैन । जित्न त उनीहरुले जिते । तर, काम हाम्रो गर्छन्, गर्न बाध्य छन् ।’
प्रचण्डले स्थानीय तहमा माओवादीले जित्दा सुनमा सुगन्ध हुने बताउँदै ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताउनु भयो । प्रचण्डले थप्नुभयो, ‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन ।
बाबुरामजी पनि छिट्टै फर्कनुपर्छ, सबै नेता फर्केपछि एक्लै फर्कनुको अर्थ पनि रहँदैन । वैद्यजी, विप्लवजी पनि फर्कनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन । सबै माओवादी मिलेर मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ ।’