Indrenionline.com

तपाई संग कुनै गुनासो छ ? यसरी गर्नुहोस सिधै गृहमन्त्रीलाई गुनासो !

काठमाडौं २६ असार । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मन्त्रालयमा गुनासो कक्षको उद्घाटन गरेका छन् । मन्त्रालयमा स्थापना गरिएको गुनासो ब्यवस्थापन कक्षमा आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले जुम्लाका जया महतको टेलिफोन रिसीभ गरेर गुनासो ब्यवस्थापन कक्षको उद्घाटन गरे ।

मन्त्रालयले सोमबार देखी गृह मन्त्रालय वा अन्तर्गतका निकायको बारेमा कुनै गुनासो वा जानकारी भएमा तत्काल संवोधन गर्नेगरी गुनासो ब्यवस्थापन कक्ष स्थापना गरेको छ । गुनासो कक्षमा रहेको टोल फ्रि नम्बर १११२ मा फोन गरेर अथवा gunaso@moha.gov.np मा इमेल गरेर गुनासो पठाउन सकिने छ । त्यस्तै मन्त्रालयको ट्विटर अकाउन्ट @mohagunaso मार्फत पनी गुनासो गर्न सकिने छ ।