काठमाडौं, २५ असार । नेकपा एमाले असोज २ गतेअघि संविधान संसोधन गर्न असहमत भएको छ । सबै ठाउँमा स्थानीय तहको निर्वाचन नभइसकेकाले निर्वाचन अघि संसोधन गर्न असमत भएको हो ।
नयाँ पत्रिकामा खबर छ स्थानीय निर्वाचन सम्पन्न भइसकेपछि संशोधन प्रस्तावमा छलफल अघि बढाउने प्रमुख तीन दलबीचको सहमति कांग्रेस र माओवादी केन्द्रले उल्लंघन गर्न खोजेको एमालेले आरोप छ ।
दुई दलले राजपासँग संशोधनका विषयमा छलफल अघि बढाएलगत्तै एमालेले यस्तो प्रतिक्रिया दिएको हो ।
