काठमाडौं, २४ असार । दुई महिनाभित्रै सबै गाउँपालिकामा ‘क’ वर्गको बैंक सञ्चालनमा आउने भएका छन् । ‘क’ वर्गका वाणिज्य बैंक नभएका गाउँपालिकाले ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाबाट कारोबार गर्न सकिने छ ।
कमजोर भौतिक पूर्वाधार भएका दुर्गम ठाउँका स्थानीय तहमा शाखा विस्तार गर्न निजी बैंकहरु तयार नदेखिएकाले प्रोत्साहन स्वरुप विशेष कार्यक्रम ल्याइन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।