Indrenionline.com

अझै सुचारु भएन पश्चिम दाङमा विद्युत् सेवा

इन्द्रेणी संवाददता
हापुरे, जेठ २६
हिजो देखि अवरुद्ध विद्युत् सेवा सुचारु नहुँदा पश्चिम दाङका उपभोक्ताहरु मारमा परेका छन ।bidhdhutअवरुद्ध भएपछि पश्चिम क्षेत्रका पुरन्धारा, पञ्चकुले, धनौरी, श्रीगाउँलगायतका स्थानीयबासीहरु समस्यामा परेका छन् ।
यस्तै साना उद्योगहरु प्नि बन्द रहेका छन् । हिजो दिउँसो हावाहुरीसंगै पानी परेपछि अवरुद्ध विद्युत् सेवा सुचारु हुन सकेको छैन । यता, घोराही क्षेत्रमा भने विहान ८ वजेपछि सुचारु भएको छ ।

लमही स्थित आर्मी क्याम्प नजिकैको जंगलमा रहेको विद्युत पोलमा हाहुरीले क्षति पु¥याएको नेपालल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ ।।