Indrenionline.com

घोराही उपमहानगर समुन्नत बनाउने यस्तोछ नरुलालको योजना

इन्द्रेणी संवाददाता 

दाङ २१ असार । दोश्रो चरणको स्थानीय निर्वाचनमा दाङको घोराही उपमहानगरमा नेकपा एमाले नेपाली कंग्रेस र माओवादीबीच त्रिपक्षिय चुनावी भिडन्त भयो, कुल खसेको मत ५८,५३९ मध्ये प्रतिस्पर्र्धी एमालेका पोल्टामा २२०३० मत खस्यो, मुख्य दलहरुको साख र प्रतिस्ठाको नगर मानिएको घोराहीमा नगरबासीले एमालेलाई विश्वास गरि मत जाहेर गरे । जनताको अभिमतले एमालेका उम्मेदवार नरुलाल चौधरीको पक्षमा बहुमत खस्यो । समग्र घोराही नगरको भविस्य बनाउने जिम्मा एमालेका उम्मेदवार नरुलाल चौधरीलाई दिए नगरबासीले ।

सबैको चासो र सराकारको केन्द्र बनेको घोराही उपमहानगरपालिकाको मेयर बन्ने अवसर असार १४ गते नरुलाल चौधरीलाई मिलेपछि उनी नयाँ जिम्मेवारीकासाथ नगरको आशाका केन्द्र बनेका छन् । नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका किसान नेता नरुलाल चौधरी अत्यधिक मतकासाथ भए । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तगर्त यही असार १४ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम उनको पक्षममा जनमतले अनुमोदन गरिदियो ।

राजनीतिक, सामाजिक, साँस्कृतिक र समाजका अन्य धेरै पाटाहरुमा लामो अनुभव बटुलेका चौधरीले कूल खसेको मतमा २२ हजार तीस मत प्राप्त गरि मेयर पदका लागि योग्य ठहरिए । कंग्रेसको अखडाको रुपमा चिनिने घोराहीमा उने एमालेको विजयीको झण्डा फहराउन सफल भए । निकत्म प्रतिद्धन्द्धी नेपाली कंग्रेसका भुपबहादुर डाँगीलाई ४ हजार ५ सय ४६ मतले अन्तरले पराजित गरि आगामी पाँच वर्षको लागि भँुइ तहको सरकारको प्रमुखमा जनअनुमोदित भए । जनताले आफुलाई सार्वभौम मतद्वारा जिम्मेवारी सुम्पेको उनले धन्यवाद दिदै समृद्ध नगर बनाउने बचन दिए ।

चौधरी समुदायको किसान परिवारमा जन्मिएर राजनीति र सामाजिक क्षेत्रमा नेतृत्वदायी तहमा बसेर असंख्य काम गरेका चौधरी विसं २०२४ साल वैशाख ३ गते घोराही–२ रामपुरमा जन्मिएका हुन् बुबा विलरा चौधरी र आमा मन्धरी चौधरीको कान्छा छोराकारुपमा जन्मीएका चौधरी सामान्य किसान परिवारका सदस्य हुन् । त्रिभूवन विश्वविद्यालयबाट स्नाकोत्तरतहसम्म अध्ययन गरेका चौधरी निकै सरल र सहज नेताका रुपमा स्थापित छन् । नेकपा एमालेको वडा, गाउँ, क्षेत्रका विभिन्न पदहरुमा रहेर काम गरेका चौधरी नेकपा एमाले दाङको जिल्ला अध्यक्षमा समेत निर्वाचित भएर काम गरे । लामो समय जनताको पक्षमा काम गरेका चौधरीले जनअपेक्षा अनुसार काम गर्ने दावी गरेका छन् भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनले उनलाई निर्वाचित गरेको छ, जनताको व्यग्र अपेक्षाको भारी बोकेर उनी नगरमा प्रवेश गरेका छन् । जनताले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक कार्यान्वयन गर्दै समग्र घोराहीको विकास र समृद्धिको लागि काम गर्ने उदघोष गरे ।

यसका साथै एमालेकै तर्फबाट २०५४ सालमा साविकको रामपुर गाविसको अध्यक्षमा निर्वाचित भएर काम गरेका अनुभव संगालेका छन् तत्कालीन स्थानीय निकायमा पाँच वर्षे अनुभव संगालेका चौधरीले विभिन्न विकासका काम गरेका थिए, मृदुभाषी स्वाभावका चौधरी सक्षम किसान पनि हुन् व्यवसायीक कुखुरा पालन गरेर सफल किसानको परिचय बनाएका चौधरी राजनीतिको सिढीले यतिबेला घोराही उपमहानगरको नेतृत्व हाँक्न पुगेका छन् । तत्कालीन रामपुर गाविसको अध्यक्ष हुँदा चौधरीले दुर्गमा गाँउबस्तीमा पूर्वाधार तथा सामाजिक विकासका धेरै काम भएका थिए । किसानको पृष्ठभूमिबाट राजनीतिक यात्रामा रहेका नरुलालले आफ्नै पहलमा रामपुरलाई दाङको कृषिको पकेट क्षेत्र घोषणा गर्न विशेष पहल गरे ।

पार्टी नेतत्वमा अब्बल मानिने नरुलाल नेकपा एमालेका दाङ संगठनलाई मजबुत बनाउन निकै मेहनत गरे । कंग्रेसको अखडाका नाँउले चिनिने दाङमा शुरु शुरुमा बामपन्थी पार्टीहरुका लागि संगठन बिस्तार गर्नु निकै चुनौति थिए, एकातिर कम्युनिष्ट राजनीति अर्काे तिर दंगाली जमिनदार र सामन्तीहरुसंगको राजनीतिक विचारको प्रतिस्पर्धा निकै चुनौति थिए । विचारगत हिसाबले कंग्रेसकासंगको राजनीतिक प्रतिस्पर्धामा पार्टी संगठन मजबुत बनाउनु तत्कालीन समयमा कठिन नै थियो , कठिन समयमा पनि पार्टी संगठनको संरक्षण र सम्वद्र्धन गर्न चौधरी अब्बल देखिएका थिए, जसका परिणाम यतिबेला दाङमा एमालेको जनलहर नै छाएको छ।

राजनीतिमा प्रवेश गर्नु अगाडि दुईवर्ष शिक्षक र दुईवर्ष रेडियो नेपालको पत्रकारिताको जागीर समेत खाएका चौधरीले पछिल्लो तीनदशक यता राजनीतिलाई नै मुख्य कर्म बनाएर अगाडि बढीरहेका छन् । जसको परिणाम उनी संघीय गणतन्त्र नेपालको पुर्न संरचना अनुसार बनेका नयाँ संरचनाको स्थानीय सरकार घोराही उपमहानगरको प्रमुखमा जनताको सार्वभौम मतले पुगेका छन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनले उनलाई निर्वाचित गरेको छ, जनताको व्यग्र अपेक्षाको भारी बोकेर उनी नगरमा प्रवेश गरेका छन् । नगरको पूर्वाधार पर्यटन बाताबरणको क्षेत्रमा काम गर्दै नमुनायोग्य शहर बनाउने बाचा गरे ।

हो यतिबेला स्थानीय तहको सरकार संचालनको साँचो नरुलाल चौधरीको हातमा जनताले थमाइदिएका छन्, राजनीतिक स्वार्थ भन्दा माथि उठेर काम गर्ने उनले उदघोष गरेका छन् सन्दर र सफा हरित पर्यटनमैत्री नगर बनाउने उनको प्रतिवद्धता यो प्रतिवद्धतालाई अक्षरस कार्यान्वयन गर्न सकून हाम्रो पनि शुभकामना छ ।