Indrenionline.com

कसैले राष्ट्रलाई घाटाहुने काम गरे छोड्दैन : गृहमन्त्री शर्मा

असार २० , काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले अध्यागमन विभागमा गलत काम गर्नेलाई क्षमा न दिईने बताउनु भएको छ । गृहमन्त्री शर्माले अध्यागमनका सुचना आफुकहाँ आईपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम गर्नेलाई क्षमा नदिईने बताउनुभएको छ ।

सोमबार अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘म कहाँ आईपुगेको सुचना गलत पनी हुनसक्छ सही सुचना हुन भने गलत गर्नेहरु तयारी भएर बस्नुहोला ।’

‘त्यस्ता सुचना र प्रमाणहरु मसँग आईपुगेका छन्, यद्यपी विभागीय हिसावले ति सुचना आएका छैनन,’ मन्त्री शर्माले उल्लेख गर्नु भयो । अध्यागमनमा हुने गरेको गलत कामको सुचना सही हो या हैन भन्नेबारे आफुले बुझिरहेको जानकारी दिँदै उँहाले भन्नुभयो, ‘काम गर्दागर्दै भुल भएको हो भने त्यो दोस्रो कुरा हो तर यहाँ दैनिक गलत क्रियाकलाप भएको कारणले राष्ट्रको बद्नामी हुने र सेवामा ठुलो संकट आएको मैले बुझेको छु ।’

केही दिनयता मात्रै पनि त्यस्ता घट्ना घटेको सुचना आफुले पाएको जानकारी दिँदै मन्त्री शर्माले आवश्यक रिपोर्ट आएमा कारवाही गरिने बताउनुभयो ।

‘मेरो एउटा कुरा तपाईलाई भन्न चाहन्छु राष्ट्रप्रती हामी सवै ईमान्दार हुनुपर्छ, ईमान्दारीतापुर्वक काम गर्दा केही गल्ती हुन पुगे त्यो क्षम्य हुन्छ तर स्वार्थमा लागेर राष्ट्रलाई धोका दिनेकाम कसैले गर्छ भने त्यो क्षम्य हुँदैन ।’

उँहाले भन्नुभयो, ‘कर्मचारीका लागि मन्त्री कुनै विशेष चिज होईन, तपाईहरुको साथी हुँ, साथिको रुपमा ब्यवहार गर्न चाहन्छु ।’ ‘मन्त्रीको रुपमा ज्यादा औपचारीकता चाहन्न’ उँहाले भन्नुभयो, ‘यदि योजनाबद्ध रुपमा जनता र राष्ट्रलाई घाटा हुने काम हुन्छ भने खराब भन्दा खराब मान्छे हुनेछु, यो कुनै चेतावनी हैन बुझन् सजिलो होस् भनेर भनेको छु ।’

‘अध्यागमन विभाग र एयरपोर्टसँग सम्वन्धीत सवैलाई भन्न चाहन्छु’ उँहाले भन्नुभयो, ‘यहाँको सुचना हिजो पनी थाहा थियो, गृहमन्त्री भैसकेपछी झन मलाई आएको छ, ति कुरा आजको दिनदेखी सुधारिँदैन भने, सेटीङका काम हुन्छ भने त्यो कुरा क्षम्य हुने छैन ।’

सोमबार विभागले सार्वजनिक गरेको मोवाईल एपमा अध्यागमन सँग सम्वन्धीत सवै जानकारी राखिएको विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाईमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतीका लागी दरखास्त दिन सक्नेछन् । त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि २९ ओटा विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ भने विभागले अनलाईनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने ब्यवस्था मिलाएको छ ।

गृहमन्त्री शर्माले ‘नेपाल ईमिग्रेशन’ एप एउटा साधन भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताउनुभयो ।